PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

विमानस्थलमा नाइन एमएमको गोलीसहित समातिए एक यात्रु



पहिलोपोस्ट

विमानस्थलमा नाइन एमएमको गोलीसहित समातिए एक यात्रु
प्रतीकात्मक फोटो।

काठमाडौं : त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा एक यात्रुसँग ५० राउन्ड गोली फेला परेको छ। पेस्तोलमा प्रयोग हुने नाइन एमएमको गोली फेला परेपछि भद्रपुर जाँदै गरेका बद्रीहाङ राई पक्राउ परेका छन्। 

श्री एयरलाइन्सबाट झापाको भद्रपुरको उडानका लागि जाँदै गरेका राईसँग पेस्तोलमा लाग्ने गोली फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले पुष्टि गरे। यसअघि प्रहरीले बेलाबेलामा बसमा पेस्तोल र गोली बरामद गरेको भए पनि विमानबाटै ओसारपसार भने हुने गरेको देखिएको थिएन। 

पालका अनुसार मेची नगरपालिका २ का बद्रीहाङ राई पक्राउ परेका हुन्। तर उनले कुन प्रयोजनका लागि गोली लैजाँदै थिए भन्ने खुलिसकेको छैन। गोली कुन ठाउँका लागि लैजान लागेको पनि खुलेको छैन। उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell