PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

विधान संशोधनका लागि छलफलमा एन्फा



पहिलोपोस्ट

विधान संशोधनका लागि छलफलमा एन्फा

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) विधान संशोधनका लागि सरोकारवालाहरु सँगको छलफलमा जुटेको छ। यसका लागि एन्फाले आज ए डिभिजन क्लबका प्रतिनिधिहरुसँग छलफल गरेको छ।

एन्फाका प्रवक्तासमेत रहेका विधान संसोधन समितिका संयोजक किरण राईको अध्यक्षतामा ए डिभिजन क्लबहरुसँग छलफल अघि बढाएको हो। छलफलमा क्लबका प्रतिनिधिहरुले आफ्नो रायहरु दिएको एन्फाले जनाएको छ।

यसबाहेक विधान संसोधनका लागि बागमती प्रदेशबाहेक अन्य प्रदेशका जिल्ला फुटबल संघहरुसँग पनि छलफल गराएको एन्फाले जनाएको छ।

'संसोधनका लागि धेरैवटा विषयमा छलफल भइरहेका छन्। छलफलमै भएकाले अहिलै यही भन्न मिल्दैन,' प्रवक्ता राईले भने, 'अब भोलि बी डिभिजन र सी डिभिजन क्लबसँग छलफल छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell