PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मेलबर्नसँग हार्‍यो हुरिकेन्स, सन्दीपले लिए म्याक्सवेलको विकेट



पहिलोपोस्ट

मेलबर्नसँग हार्‍यो हुरिकेन्स, सन्दीपले लिए म्याक्सवेलको विकेट

बिग ब्यास लिग अन्तर्गत आज सम्पन्न खेलमा सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्स मेलबर्न स्टार्ससँग पराजित भएको छ। बेल्लेरिभ ओभलमा भएको खेलमा हुरिकेन्स १० रनले पराजित भएको हो।

खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। मेलबर्नका लागि मार्कस स्टोइनिसले सर्वाधिक अभिजित ९७ रन बनाउँदा हिल्टन कार्टराइटले ३६ तथा निकोलस पुरनले २६ रन बनाए।

बलिङतर्फ हुरिकेन्सका नाथन एल्लिसले सर्वाधिक ३ विकेट लिँदा रिले मेरेडिथले २ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ३६ रन दिएर १ विकेट लिए। उनले ७.२ ओभरमा मेलबर्नका कप्तानसमेत रहेका ग्लेन म्याक्सवेलको विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हुरिकेन्स निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनमा समेटियो। हुरिकेन्सका लागि बेन म्याकडर्मोटले सर्वाधिक ९१ रन बनाउँदा डेविड मलानले २६ रन तथा पिटर हेण्डसकम्बले २१ रन जोडे। यद्यपि जितका लागि यो पर्याप्त हुन सकेन।

जितसँगै मेलबर्न स्टार्स १५ अंक बनाउँदै चौथो स्थानमा उक्लिएको छ भने १८ अंकजोडेको हुरिकेन्स तालिकाको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell