PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पल र रेश्माको जोडी बन्यो राधा र कृष्ण  



पहिलोपोस्ट

पल र रेश्माको जोडी बन्यो राधा र कृष्ण  

काठमाडौं : अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ रिलिज भएको छ। एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो गीतको भिडियो एजिएल कै अफिसियल यूट्युब च्यानल मार्फत् रिलिज भएको हो।

राजनराज सिवाकोटीको संगीत रहेको गीतमा राजन राज र मेलिना राईको स्वर छ। यो गीतको म्युजिक भिडियोमा पल शाह कृष्णको भूमिकामा छन् भने रेश्मा सीता र राधाको भूमिकामा। अभिनेता निर्मल शर्मा पनि म्युजिक भिडियोमा छन्। भिडियोमा एक नाटकमा रहने कलाकारहरुको रिहर्सलको समयको कथा देखाइएको छ।

भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् भने नवराज उप्रेतीले छायाँकन गरेका हुन्। सम्पादन तथा कलर ग्रेडिंग नबिन निरौलाले गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell