PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

बाबुको ज्याकेट लैजाँदा विमानस्थलमा झ्याप्पै समातिए बद्री, भेटियो ब्रान्ड न्यू गोली



सविन ढकाल

बाबुको ज्याकेट लैजाँदा विमानस्थलमा झ्याप्पै समातिए बद्री, भेटियो ब्रान्ड न्यू गोली

काठमाडौं : सोमवार झापाका ३० वर्षीय बद्रीहाङ राई त्रिभुवन विमानस्थलकको आन्तरिक टर्मिनलट भद्रपुर जाँदै थिए।

साढे १२ बजेको श्री एयरलाइन्सको फ्लाइट थियो। उनीसँगै उनकी आमा पनि थिइन्। विमानस्थलको सुरक्षा चेकिङ कक्षमा पुगेपछि एकाएक राई समातिए।

विमानस्थल प्रहरीले उनलाई समात्नुको कारण थियो, अवैध सामान ओसारपसार। उनले बोकेको समान सामान्य किसिमको थिएन। राइको झोलामा रहेको कपडाभित्र ५० राउन्ड नाइन एमएमको गोली थियो। 'चेक गर्दा ५० वटा नयाँ टल्किने प्रकृतिको पेस्तोलमा लाग्ने गोली भेटियो,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरीबहादुर पालले भने।

विमानस्थलको सुरक्षालाई नै चुनौती दिएर उनले गोली किन झापा लग्न लागेका थिए? प्रहरीले अहिले यसै जवाफको उत्तर खोजीमा छ। तर, चित्तबुझ्दो र भरपर्दो जवाफ आएको छैन। राईले बोकेको झोलाभित्र प्रहरीको ज्याकेट थियो। त्यही ज्याकेट भित्र भेटिएको हो चम्किलो गोली। समातिएका बद्रीका बुबा अवकाशप्राप्त प्रहरी हुन्। उनका बुबाले प्रहरी नायव निरीक्षक (सई) बाट अवकाश पाएका थिए।

पक्राउ परेका युवकले आफूलाई ज्याकेटभित्र गोली भएको थाहा नभएको बताएका छन्।

'बुबाले ज्याकेट काठमाडौंमा छोडिएको छ। आउँदाखेरि लेराउनु भन्नु भएको थियो। त्यही ज्याकेट हालेको हुँ,' एक अनुसन्धान अधिकृतले राईको भनाई उद्धृत गर्दै भने।

पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान सुरु गरिएको छ। बयानमा बाबुलाई समेत मुछेकोले अवकाश प्राप्त प्रहरी पनि तानिने भएका छन्। आखिर बुबाले नै ज्याकेट मगाएको भए उनको खल्तीमा गोली कसरी आयो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell