PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

‘बी’ डिभिजन लिग : पाँच खेलाडी सब्स्टिट्युट हुन पाउने



पहिलोपोस्ट

‘बी’ डिभिजन लिग : पाँच खेलाडी सब्स्टिट्युट हुन पाउने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगका लागि क्लबहरुसँग छलफल गरेको छ। फेब्रुअरी २३ (फागुन ११)बाट तय गरिएको प्रतियोगितालाई पुन: सञ्चालनमा ल्याउनेबारे छलफल भएको एन्फाले जनाएको छ।

छलफलमा एन्फाका कार्यकारी समितिका रमेश रायमाझी तथा प्रतियोगिताका निर्देशक सञ्जीब मिश्रले नियमहरुबारे चर्चा गरेका थिए। छलफलबाट थप पाँच खेलाडी दर्ता गर्ने सहमति भएको छ। त्यस्तै, क्लबले दुई स्वास्थ्य अफिसियल राख्न सक्नेछन्।

त्यस्तै, अब प्रतियोगितामा पाँच सब्स्टिट्युट हुन पाउनेछन्। प्रतियोगितामा बाँकी रहेका ३३ औं देखि ६६ औं खेलसम्म पुरानो तालिकाका हिसाबले हुनेछन्।

यसअघि अघिल्लो वर्ष एन्फाले ‘ए’ डिभिजन लिग सकिएर ‘बी’ डिभिजन लिग चलिरहँदा कोरोना महामारी फैलिएपछि प्रतियोगिता स्थगित भएको थियो।

एन्फाले पछिल्लो समय रोकिएका लिगहरु सञ्चालनका लागि भटाभट मिति तोकिरहेको छ। एन्फाले शहीद स्मारक ‘सी’ डिभिजन लिग चैत १ गतेबाट सुरु गर्ने तयारी अघि बढाएको छ भने ‘बी’ डिभिजन लिग फागुन ११ बाट सुरु गर्ने तयारी गरेको छ। त्यस्तै माघबाट प्रदेश लिग गराउने तयारी एन्फाको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell