PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

राष्ट्रपतिलाई झाँक्रीको चेतावनी : कान खोलेर सुन्नुस् राजालाई त नारायणहिटीबाट लखेट्यौं भने तपाईको पनि हिसाब किताब हुन्छ



पहिलोपोस्ट

राष्ट्रपतिलाई झाँक्रीको चेतावनी : कान खोलेर सुन्नुस् राजालाई त नारायणहिटीबाट लखेट्यौं भने तपाईको पनि हिसाब किताब हुन्छ

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले असंवैधानिक कदम चाल्ने राष्ट्रपति विद्यादेवी भण्डारीको हिसाब किताब हुने चेतावनी दिएकी छन्।

सोमवार चितवन जिल्ला पार्टी कार्यालयमा आयोजित दाहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झाँक्रीले बहुमतको प्रधामन्त्रीलाई संसद विघटनको अधिकार संविधानमा कहि नभएको बताइन्।

‘यस्तो असंवैधानिक कदम चाल्ने शीतल निवासलाई पनि म कान खोलेर सुन्न भन्न चाहन्छु कि राजालाई त हामीले नारायणहिटीबाट लखेट्यौ भने यो संविधानको परिपालक भनेर बनाएको राष्ट्रपति संस्थामा जो सुकै व्यक्ति हो, त्यो हामीलाई मान्य हुन्छ कि हुन्न हिसाब किताब संसदको पुनर्स्थापना भएपछि हुन्छ,’ झाँक्रीले भनिन्।

केपी ओलीले संसद विघटनलाई राजनीतिक प्रश्न हो भनेजस्तै गरी राष्ट्रपतिको कदमको छिनोफानो पनि सडकबाट हुने झाँक्रीको चेतावनी छन्। ‘किनभने २०५९ असोज १८ को राजाको कदमको छिनोफानो पनि सडकबाटै भएको हो,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell