देउखुरी : दाङको देउखुरीमा अवैध सालको काठसहित आज दुई जना पक्राउ परेका छन्। राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको ३१ थान (३१.४९ क्युफिट) सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा राप्ती-९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मियाँ रहेको डिभिजन बन कार्यालय देउखुरी दाङका सूचना अधिकारी प्रेमिलालप्रसाद साहले जानकारी दिए। काठ बोकेको ट्रयाक्टर र दुवै जनालाई बन कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ।