PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

थप ४०३ जनामा कोभिड-१९ को संक्रमण ७ जनाको मृत्यु



पहिलोपोस्ट

थप ४०३ जनामा कोभिड-१९ को संक्रमण ७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाबाट भएको चार हजार ४०१ जनाको नमुना परीक्षण गर्दा ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६२ हजार २६२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको पुष्टि मन्त्रालयले गरेको छ। योसँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८८५ पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ५५ हजार ८८ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा नेपालमा ५९४ जनामा संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हाल नेपालमा पाँच हजार २८९ जनामा सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell