काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीका इञ्चार्ज शंकर पोखरेललाई पदबाट हटाएको छ।
सोमवारको स्थायी कमिटी बैठकले गुरुङ र पोखरेललाई पदबाट हटाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
उनका अनुसार गण्डकीमा इञ्चार्जको जिम्मेवारी देबेन्द्र पौडेल र लुम्बिनीको इञ्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ।
सोमवारको बैठकमा पार्टीका आन्तरिक समस्याबारे छलफल भएको थियो।
पार्टीको सांगठनिक र नेताको कार्यविभाजन टुंग्याउन माधव नेपालको संयोजकत्वमा गठित कार्यदलको बैठक मंगलवारका लागि बोलाइएको छ।
