PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ



पहिलोपोस्ट

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले नयाँबजारस्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजुस्थित सडक खण्डबाट रोशन लामिछानेलाई आइतवार पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

नयाँबजार सडक खण्डबाट धादिङ त्रिपुरासून्दरी गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने वर्ष २२ का थापा मगरलाई कालो र रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ। उक्त मोटरसाइकल २०७६ भदौ६ गते काठमाडौंको ठमेलस्थित भगवान बाहाल मन्दिर अगाडि पार्किङ स्थलबाट हराएको थियो।

त्यस्तै, काठमाडौंको बालाजु सडकखण्डबाट दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ भिमफेदी घर भई हाल काठमाडौं रानीबन बस्ने वर्ष २४ का लामिछानेलाई कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको हो। उक्त मोटरसाइकल गत मंसिर १४ गते काठमाडौंको बनस्थलीबाट हराएको थियो।

महाशाखाले पुस महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जनालाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell