PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

संसद विघटनको सम्बन्धमा अदालतले कुनै नेता र आन्दोलनकारीको मुख हेरी फैसला गर्दैन : रघुजी पन्त



पहिलोपोस्ट

संसद विघटनको सम्बन्धमा अदालतले कुनै नेता र आन्दोलनकारीको मुख हेरी फैसला गर्दैन : रघुजी पन्त

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन्।

सोमबार प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडि बढाउने बताएका हुन्।

पन्तले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनैनेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे। अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुनर्स्थापना बाहेक केही हुन नसक्ने उनले जिकिर गरे। संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाई थियो।

स्थायी कमिटी सदस्य पन्तले नेकपाको कमाण्ड प्रचण्ड–माधवपक्षसँग भएको, बहुमत भएको, सूर्य चिन्ह आफूहरुले पाउने, संसद पुनर्स्थापना हुने र नेकपाको सम्पति आफूहरुको हुने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell