PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कञ्चनपुरको दोधारा चाँदनीमा 'भारतीय सुरक्षाकर्मीद्वारा' नेपालीमाथि गोली प्रहार



पहिलोपोस्ट

कञ्चनपुरको दोधारा चाँदनीमा 'भारतीय सुरक्षाकर्मीद्वारा' नेपालीमाथि गोली प्रहार
फोटो : पुष्कर भट्ट

काठमाडौंः कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा एक नेपाली नागरिकमाथि गोली प्रहार भएको छ। भारतीय पक्षले चलाएको गोली लागेर दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का १६ वर्षीय नरेश सुनार घाइते भएका हुन्।

उनीमाथि गडिगोठ जंगलमा गोली प्रहार भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी अमरसिंह थापाले जानकारी दिए। 

घाइतेलाई उपचारका लागि सदरमुकाम महेन्द्रनगर ल्याउँदै गरिएको उनले बताए।

'उनको अवस्था खतरामुक्त छ। उनको घुँडामुनि गोली हानिएको छ। किन हानियो भन्नेबारे अनुसन्धान गर्दैछौं। हाम्रो टोली घटनास्थलमा छ। कसले हानेको भन्ने पुष्टि हुन बाँकी छ। जंगलमा घटना भएको हुँदा वन रक्षकले हानेको हो कि भन्ने अनुमान छ। थप कुरा अनुसन्धान पछि खुल्ला,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell