PahiloPost

May 16, 2026 | २ जेठ २०८३

शीर्षस्थानको लिभरपुल साउथह्याम्टनसँग पराजित



पहिलोपोस्ट

शीर्षस्थानको लिभरपुल साउथह्याम्टनसँग पराजित

इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्टनसँग पराजित भएको छ। सेन्ट म्यारी स्टेडियममा भएको खेलमा घरेलु टोली साउथह्याम्टनले लिभरपुललाई १-० गोलअन्तरले हराएको हो।

साउथह्याम्टनको जितमा ड्यानी इङ्ग्सले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमै जेम्स बार्ड प्राउजको पासमा गोल गरेका थिए। यो सँगै लिभरपुलले सिजनको दोस्रो हार ब्यहोरेको छ।

हारका बावजुत लिभरपुल तालिकाको शीर्षस्थानमा छ। लिभरपुलले १७ खेलबाट ३३ अंक जोडेको छ भने १६ खेलबाट म्यानस्चेस्टर युनाइटेडले समान ३३ अंक जोड्दै दोस्रो स्थानमा छ। त्यस्तै लेस्टरसिटी ३२ अंकसहित तेस्रो स्थानमा छ। उता जितसँगै साउथह्याम्टन २९ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell