PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

पूर्व डीआइजी खरेलको आक्रोश : विदेशी ब्वाँसा होइन, देशभित्रकै ब्वाँसाले सिध्याए



पहिलोपोस्ट

पूर्व डीआइजी खरेलको आक्रोश : विदेशी ब्वाँसा होइन, देशभित्रकै ब्वाँसाले सिध्याए

काठमाडौं : पूर्व डीआइजी तथा 'हाम्रो नेपाल सुशासन अभियान'का संयोजक रमेश खरेलले देशभित्र रहेका ब्वाँसाहरुले देश सिध्याएको आरोप लगाएका छन्।

आज राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व डीआइजी खरेलले देश बाहिरका भन्दा भित्रका ब्वाँसाबाट मुलुकलाई खतरा रहेको बताएका हुन्। खरेलले पृथ्वीनारायण शाहले देशमा विदेशी ब्वाँसा नछिराउनु तिनीहरुले देश सिध्याउँछ भनेको कुरा स्मरण गर्दै भने, 'अब त विदेशी व्वाँसाहरुले होइन, दाजुभाइ देशभित्रकै व्वाँसाहरुले देश सिध्याइसका छन्। राष्ट्रियतामा प्रश्न चिन्ह आइसकेको छ। देशको मौलिकतामा प्रश्न चिन्ह आइसकेको छ। यो देशको स्वाभिमानमा प्रश्न चिन्ह आइसकेको छ।'

आफ्नो कुर्सीको स्वार्थका लागि देशका बेइमान ब्वाँसाहरु हलचल गरिरहेको समेत उनले आरोप लगाए। पुस २७ गते पृथ्वीनारायण शाहाले पुर्‍याएको योगदानको सम्मान गर्न नसके सूर्य चन्द्र अंकित झन्डामा समेत प्रश्न चिन्ह आउने उनको तर्क थियो। पूर्व डीआइजी खरेलले पृथ्वीनारायण शाह एकता र राष्ट्रिय पिता भएकाले अपमान गर्न खोजे अस्तित्वमाथि पनि शंका हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell