PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधानमन्त्री ओलीलाई 'घाँडो' भन्दै नेकपा अध्यक्ष माधवकुमार नेपाल रामचन्द्र पौडेलसँग दङ्ग



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई 'घाँडो' भन्दै नेकपा अध्यक्ष माधवकुमार नेपाल रामचन्द्र पौडेलसँग दङ्ग
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष माधव नेपालले आफैले संसदीय दलमा चयन गरेको व्यक्ति अहिले घाँडो भएको बताएका छन्। राष्ट्रिय जनता समाजवादी पार्टीले राजधानीको नयाँ बानेश्वरमा आयोजना गरेको 'सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तर्क्रिया कार्यक्रम' लाई सम्बोधन नेता नेपालले उक्त भनाई राखेका हुन्।

'उहाँको अराजक कार्यशैलीको विरोध गरिएकै हो। सच्चिनु हुन्छ कि भनेर विरोध गरेकै हो। तर, उहाँ सच्चिने मान्छे होइन। म यसरी उत्ताउलो भएर बोल्न चाहन्न,' अध्यक्ष नेपालले भने,'हामी टाउको उठाएर ताली बजाउने स्थिति हुदैन थियो। झुक्नुपर्थ्यो। मैले नै संसदीय दलमा प्रस्ताव गरेको प्रधानमन्त्री अब घाँडो।'

पार्टीभित्र प्रधानमन्त्री केपी शर्माको अराजक शैली सच्याउन आफूहरुले बारम्बर विरोध गरेको उल्लेख गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओली सम्पूर्ण हिसाबले असंवैधानिक कदम चालेको बताए। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै नेकपामा प्रचण्ड माधव पक्षले तीव्र विरोध जनाइरहेका छन्।

कार्यक्रममा नेपालले जसपाले आफ्नो पार्टीलाईसमेत विरोध कार्यक्रममा उछिनेकोमा धन्यवाद समेत दिए। उनले भने, 'यसमा जसपाले आफ्नो पार्टीलाई हामीलाई पनि उछिन्नु भएकोमा धन्यवाद,' अध्यक्ष नेपालले थपे, 'मेरो सिद्धान्त यही हो 'कि अगाडि हिँड। हिँड्न सक्दैन भने बाटो छोड।'

नेपालले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भाषण सुनेर आफ्नो मन दूध उम्लेको जस्तै भएको नेपालको भनाई थियो। 'उपेन्द्र यादवजीले भन्नुभएको कुराले गदगद भएँ। रामचन्द्रजीको भाषण सुनेर मेरो मन दूध उम्लेजस्तै उम्लेको छ। देश एकताबद्ध भएको छ,' उनले भने।

उनले नेपाल कम्युनिस्ट पार्टी 'माधव नेपाल पुष्पकमल दाहाल' भएको ठाउँमा हुने दावी गर्दै सत्ताधारीहरु ओली गुटको नेकपा भएको बताए।

'नेकपा जहाँ माधव नेपाल छ, जहाँ पुष्पकमल दाहाल प्रचण्ड छ, त्यहीँ हो। सत्तामा बसेका त नेकपा ओली गुट हो। उहाँलाई कम्युनिस्ट पार्टी पनि मन पर्दैन। उहाँलाई लोकतन्त्रै मन परेको छैन,' नेपालले भने।

ओलीमा निरंकुशता शैली बढ्दै गएको दाबी गर्दै नेपालले यस्तै रहे विरोधी कसैलाई बाँकी नराख्ने चेतावती समेत दिए। उनले भने, 'जो हम्से टकराएगा, चुरचुर हो जाएगा भने झै उहाँले कसैलाई छाड्नुहुन्न। विरोधीलाई सकाउने प्रवृत्तिको हुनुहुन्छ उहाँ। म त ४८ वर्ष सम्बन्ध गरेको मान्छे उहाँसँग।'

ओलीसँग आफुले ४८ वर्ष लामो सम्बन्ध गरेको अनुभव सुनाउँदै नेपालले प्रचण्डसँग लगनगाँठो अहिलेको बाध्यता भएको बताए। उनले भने, 'प्रचण्ड त ओलीभन्दा फार बेटर। मेरो टक्कर पनि परेको थियो प्रचण्डसँग। लगनगाँठो हाम्रो राम्रो छ।'

तीनवटै संविधान बनाउने काममा मेरो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले विभिन्न समयमा प्रजातन्त्रको हत्या भएकोले अहिलेको संविधानमा बनेको उनको भनाई थियो।

नेपालले सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको बारेमा नेपालको मुल भावनालाई ठीक ब्याख्या गरेर गलत कदम चाल्ने सही बाटो देखाउने विश्वास गरेकोसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell