PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

थप ५२२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ८ जनाको मृत्यु



पहिलोपोस्ट

थप ५२२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ५२२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। 

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६२ हजार ७८४ पुगेको छ। त्यस्तै एक हजार ८९३ जनाको मृत्यु भइसकेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा ५७८ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ५५ हजार ६६६ पुगेको छ। 

हाल नेपालमा पाँच हजार २२५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell