PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कथालयले एकसाथ ल्यायो तीन बालकथा संग्रह



पहिलोपोस्ट

कथालयले एकसाथ ल्यायो तीन बालकथा संग्रह

काठमाडौं : तीन नयाँ बालकथा संक्रह सार्वजनिक भएका छन्। कथालयले 'मनोहरको मुरली', 'सफा झिंगा' र 'सेल्फीको रहर' सार्वजनिक गरेको हो।

बालबालिकासँग रहर, सीप, क्षमता र कौतुहलतको कथा समेट्छ ‘मनोहरको मुरली’ले। यसका लेखक नारायणश्री अधिकारी हुन्। पुस्तकका लागि चित्र विनिता बुद्दाचार्यले बनाएकी छिन्। जसले कथाका घटनाक्रम सहज ढंगमा बुझ्न सघाउने जनाइएको छ।

त्यस्तै तेजप्रकाश श्रेष्ठको लेखन र विजयराज शाक्यको चित्रकारिता रहेको ‘सफा झिँगा’ मा बालबालिकालाई सरसफाइ र रोगबाट बच्ने उपायहरूको जानकारी दिइएको छ।

‘सेल्फीको रहर’ कथाका लेखक रामदेव पाण्डे हुन्। मुसा र बिरालोलाई मानवीकरण गर्दै बालबालिकालाई प्रविधि बारे सचेत गराउन खोजेका छन्। चित्रकार ध्रुव प्रजापतिले बनाएका चित्रले कथाक्रमलाई रमाइलोसँग बुझ्न सहयोग पुर्‍याउँछ।

कथालयले १३ वर्षदेखि बालसाहित्य प्रकाशन गर्दै आइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell