PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सागरराजको गीतमा 'बरालिँदै हिडे' सुनोद श्रेष्ठ



पहिलोपोस्ट

सागरराजको गीतमा 'बरालिँदै हिडे' सुनोद श्रेष्ठ

संगीतकर्मी सागरराजको नयाँ गीत 'बरालिँदै हिँडे' सार्वजनिक भएको छ। गीतमा सागरराजको शब्द, संगीत तथा स्वर रहेको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो।

गीतको भिडियो अस्ट्रेलियाको मेलवर्नमा छायाँकन भएको हो। जसमा मोडल सुनोद श्रेष्ठ र एन्जी मुल्मी फिचर्ड छन्। भिडियोलाई सुनेश श्रेष्ठ र साकार शाहीले खिचेका हुन्।

मोडल सुनोदले यसअघि आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। त्यस्तै अस्ट्रेलियन टेलिभिजन च्यानल सेभनमा प्रसारण हुने 'विनर एण्ड लुजर'को संस्करणमा समेत अभिनय गरिसकेका छन्। एसबिएसमार्फत् प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डग, ओपन स्यालदर पनि काम गरेका छन्।

च्यानल नाइनमार्फत् प्रसारण भएको ग्यालोपोली वारमा उनले निर्वाह गरेको 'गोर्खाली' चरित्र चर्चित छ।

सुनोदले सन् २०१६ मा अस्ट्रेलियन फिचर फिल्म 'द मेन कफ मेथोड'मा पनि अभिनय गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell