PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

'लभ आइल्यान्ड' स्टारविरुद्ध नियम उल्लङ्घन मुद्दा



पहिलोपोस्ट

'लभ आइल्यान्ड' स्टारविरुद्ध नियम उल्लङ्घन मुद्दा

'लभ आइल्यान्ड' स्टार जारा हल्यान्डविरुद्ध मुद्दा दर्ता भएको छ। उनले बार्बाडोसमा छुट्टी मनाइ रहँदा कोभिड-१९ नियन्त्रणका लागि जारी नियम उल्लङ्घन गरेको आरोप लागेको हो।

आइल्यान्ड प्रहरीका अनुसार उनलाई बुधवार अदालतमा बोलाइएको छ। प्रहरीका अनुसार उनले क्वारेन्टिनमा बस्नुपर्ने नियम उलङ्घन गरिन्। न्यूजबिटका अनुसार उनलाई एयरपोर्टमै अवरोध गरिएको थियो। तर, पछि उनी आफै प्रहरीकोमा पुगेकी थिइन्।

उनी बुधवार अदालतमा भौतिक रुपमा उपस्थित हुन्छिन् या भर्चुअल्ली भन्ने विषय प्रष्ट छैन।

२५ वर्षीया जाराले आफ्नो गल्ती स्वीकारेर माफी मागेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell