PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

गैँडाको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी एक महिलाको मृत्युु



रासस

गैँडाको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी एक महिलाको मृत्युु

चितवन : गैँडाको आक्रमणबाट एक महिलाको मृत्युु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका-७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन्।

चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो। गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ।

स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको हो। मृतक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell