PahiloPost

May 16, 2026 | २ जेठ २०८३

एथलेटिक्स टोली बंगलादेश प्रस्थान



पहिलोपोस्ट

एथलेटिक्स टोली बंगलादेश प्रस्थान

काठमाडौं:बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ।

जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए।
प्रशिक्षकमा धनीराम चौधरी रहेका छन्।

टोलीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell