PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भक्तपुरमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते



पहिलोपोस्ट

भक्तपुरमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

काठमाडौं : सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका-५ घर भई हाल भक्तपुर-२ व्यासी बस्ने वर्ष २३ का राम कुमार बुढाथोकी रहेका छन्। त्यस्तै, सिन्धुली कमलामाई नगरपालिका-११ घर भई हाल बल्खु बस्ने वर्ष २७ का विक्रम मोक्तान गम्भीर घाइते भएका छन्।

आज भक्तपुर नगरपालिका वडा नम्बर २ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागी एक जना सडकमा पछारिन पुगेका थिए भने अर्का व्यक्ति बिजुलीको पोलमा नै अड्केका थिए। घटनास्थलमा प्रहरी टोली पुगी दुवै जनालाई भक्तपुर अस्पताल पुर्‍याउँदा बुढाथोकीलाई चिकित्सकले मृतक घोषणा गरेका थिए। गम्भीर घाइते भएका मोक्तानको प्राथमिक उपचारपछि थप उपचारको लागि कीर्तिपुर अस्पताल पठाइएको छ।

उक्त घटनाको सम्बन्धमा भक्तपुर नगरपालिकाले सडक बत्ती राख्ने योजना अनुरुप नियमानुसार टेण्डर सकारेको टप्सन इनर्जी सानोभर्‍याङ, काठमाडौंको तर्फबाट खटिएका कामदारहरुले विद्युतको सिमेन्टको पोलमा सडक बत्तीको मेटलको पोल सहितको बत्ती जडान गर्दा पोलमै टांगिएको नाङ्गो तारमा अचानक छुन जाँदा उक्त घटना भएको प्रारम्भिक अनुसन्धाबाट देखिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell