PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

वायु प्रदूषणको बढ्दो जोखिम : अत्यावश्यकबाहेक सवारीसाधन नचलाउन स्वास्थ्य मन्त्रालयको अपिल



पहिलोपोस्ट

वायु प्रदूषणको बढ्दो जोखिम : अत्यावश्यकबाहेक सवारीसाधन नचलाउन स्वास्थ्य मन्त्रालयको अपिल
फाइल फोटो

काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक अवस्थामा बाहेक केही दिन सवारीसाधन नचलाउन सर्वसाधरणलाई आग्रह गरेको छ। उपत्यकामा वायु प्रदूषण बढेपछि मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सावधानी अपनाउन सर्वसाधरणलाई अपिल गरेको हो। दुई दिनयता उपत्यकामा वायु प्रदूषण उच्च मापन भइरहेको छ। 

केन्द्रले मन्त्रालयले स्वास्थ्य आपतकालका मापदण्ड तोकिनसकेको अवस्थामा सावधानीका लागि अपिल जारी गरेको हो।

केन्द्रले मर्निङ वाक तथा घरबाहिर हुने शारीरिक व्यायामलाई केही दिन स्थगन गर्न सर्वसाधरणलाई आग्रह गरेको हो। यस्तै, फोहोरमैला उचित व्यवस्थापन गर्न केन्द्रले अपिल गरेको छ। फोहोरमैला नजलाउन पनि केन्द्रको आग्रह छ।

केन्द्रले सकेसम्म घरबाहिर ननिस्किँन पनि आग्रह गरेको छ। निस्किनुपर्ने अवस्थामा अनिवार्य रुपमा कोभिडसमेतको स्वास्थ्य मापदण्ड अपनाउन केन्द्रको आग्रह छ।

धुँवा धुलो उड्ने प्रकारका कुनै पनि काम केही दिन स्थगन गर्न केन्द्रले आग्रह गरेको छ। केन्द्रले अत्यावश्यकबाहेक सवारीसाधन नचलाउन पनि सर्वसाधरणलाई अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell