कतार विश्वकप २०२२ सुरु हुन दुई वर्षभन्दा कम समय बाँकी छ। विश्वकपको तयारीमा जुटेको त्यहाँको डेलिभरी र लेगेसीको उच्च कमिटीले २०२० मै ठूलो प्रगति गरिसकेको छ। यसक्रममा अघिल्लो वर्षको सबैभन्दा महत्वपूर्ण प्रगति हो - एजुकेसन सिटी स्टेडियमको भर्चुअल लन्च, जुन कोरोना महामारीको बीच सुरक्षा सतर्कता अपनाउँदै निर्माण सम्पन्न गरिएको थियो। स्टेडियमको सफल समापन फ्रन्ट लाइन श्रमिकहरूलाई समर्पित थियो। जसले चलिरहेको महामारीको बेला अथक प्रयास गरे।
पछि फेरि सोही वर्ष, कतारको राष्ट्रिय दिवसमा अमीर शेख तमीम बिन हमद अल-थानीको उपस्थितिमा अहमद बिन अली स्टेडियमको सानदार अनावरण गर्यो। ४८ औं अमीर कप फाइनलसँगै कतार विश्वकपका लागि चौथो पूर्ण रूपमा परिचालन प्रतियोगितास्थल बन्यो।
नोभेम्बर २१, २०२२ अघि नै सबै स्थानहरू पूरा हुनेछन् र प्रतियोगिताको अग्रिम परीक्षण सकिसकिनेछ त्यतिखेर।
यहाँ प्रत्येक स्टेडियमको पछिल्लो प्रगति अपडेटको एक रनडाउन छ :

अल बायत स्टेडियम
क्षमता: ६० हजार
डिजाइनर: दरअल-हन्डसाह
दोहा सिटीबाट दुरी: ४३ किमी
स्टेडियमको 'रिमार्केबल' दृश्यले दर्शकलाई स्वागत गर्नेछ जुन एस्पायर जोन फाउन्डेसनले डेलिभर गर्नेछ। अरबी आतिथ्यको प्रतिनिधित्व गर्नेगरी बनाइएको उक्त स्टेडियममा विश्वकपमा सेमिफाइनल लगायतका ९ खेलहरु हुनेछन्। 'बेयत अल शार' को रूपमा चिनिने परम्परागत अरबी पाल जस्तै देखिने गरी स्टेडियमको छानो कभर गरिएको छ।
निर्माण अपडेट: यो स्टेडियम निर्माण भइसकेको छ र खेल आयोजनाका लागि तयार अवस्थामा छ। ग्लोबल सस्टेनिबिलिटी एसिसमेन्ट सिस्टम (जिएसएएस) बाट यो स्टेडियमले 'हाइ स्टेनिबिलिटी' रेटिङ समेत पाएको थियो।

अहमेद बिन अलि स्टेडियम
क्षमता: ४० हजार
डिजाइनर: रमबोल
दोहाबाट दुरी २२ किमी
२०२० डिसेम्बरमा उद्घाटन गरिएको
अल रेयनमा रहेको यो स्टेडियम पुरानो स्टेडियम रहेको स्थानमा पुननिर्माण गरिएको हो। स्टेडियमको अग्रभागले कतारको विभिन्न पक्षहरुलाई प्रतिनिधित्व गर्ने गरी बनाइएको छ: जसमा परिवारको महत्त्व, मरुभूमिको सौन्दर्य, मूल वनस्पति र जीव जन्तु, स्थानीय र अन्तर्राष्ट्रिय व्यापार रहेका छन्। यो स्टेडियममा विश्वकपका राउन्ड अफ १६ का सातवटा खेल हुनेछन्।

अल जानौब स्टेडियम:
क्षमता: ४० हजार
डिजाइन: डम जहा हादिद
दोहाबाट दुरी: २३ किलोमिटर
२०१९ को मे महिनामा बनिएको
अलवक्राहमा रहेको यो स्टेडियम ब्रिटिस इराकी आर्किटेक डम जहा हादिदको डिजाइनबाट प्रभावित भएर बनाइएको हो। यो स्टेडियममा विश्वकपमा राउन्डअफ १६ को सात खेलहरु सम्पन्न हुनेछन्। हादिदको यो डिजाइन परम्परागत नाउबाट प्रभावित भएर बनाइएको हो। यो स्टेडियम सन् २०१९ को मे १६ मा सम्पन्न भएको थियो। यही स्टेडियममा अमिर कपको फाइनल भएको थियो भने सन् २०२० मा एएफसी च्याम्पियन्स लिगको पनि फाइनल खेल भएको थियो।

अल थुमामा स्टेडियम
क्षमता: ४० हजार
डिजाइनर: अरब इन्जिनियरिङ ब्युरो
दोहाबाट दुरी: १३ किमी
यो स्टेडियमको डिजाइन अरबमा परम्परागत रुपमा लगाइने टोपी 'गफिया' बाट प्रभावित भएर बनाइएको हो। विश्वकपका क्रममा यो स्टेडियममा क्वाटरफाइनलका ८ खेलहरु हुनेछन्।
निर्माणको अवस्था : छानो र मुलद्वारको काम सकिसकेको छ भने ब्लिचर राखिसकेको छ। सिट राख्नेलगायत मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङलगायतका कामहरु चलिरहेको बताइएको छ।

एजुकेसन सिटी स्टेडियम
क्षमता: ४० हजार
डिजाइनर: फेनविक इरिबेरेन आर्किटेक
जुन २०२० मा निर्माण सम्पन्न भएको
शिक्षा सिटी स्टेडियम कतार फाउन्डेसनको मुटुमा अवस्थित छ। यो स्थान कतारको ज्ञान र नवीनताका लागि एक जीवन्त केन्द्र मानिन्छ जहाँ यो अल्ट्रामोर्डन स्टेडियमले यसको स्थायित्वलाई बढावा दिनेछ।
यो स्टेडियमले कतार २०२२ को समयमा क्वार्टर फाइनल चरणसम्म आठ खेलहरू आयोजना गर्नेछ। २०२० को जुनमा उद्घाटन गरिएको स्टेडियमले जीएसएस सस्टेनेबिलिटी रेटिङमा पाँच अंक पाएको थियो। पछिल्लो समय यो स्टेडियममा एएफसी च्याम्पियन्स लिगको वेस्ट जोनका खेलहरु आयोजना गरेको थियो। यो स्टेडियममा फाइनललगायतका खेलहरु सम्पन्न हुनेछन्।

खालिफा इन्टरनेसनल स्टेडियम
क्षमता: ४० हजार
दोहा सिटीबाट दुरी १३ किमी
सन् २०१७ मा बनिएको
मे १९ २०१७ मा बनाइएको यो स्टेडियम कतार विश्वकप २०२२ का लागि बनाइएको पहिलो स्टेडियम हो। सोही वर्ष यो स्टेडियममा ४० हजार दर्शकका बिच अमिर कपको फाइनल खेल सम्पन्न भएको थियो। एस्पायर जोनमा रहेको यो स्टेडियममा यसअघि एएफसी एसियन कप लगायतका खेलहरु सम्पन्न भएका थिए। यो स्टेडियममा तेस्रो स्थानको खेल लगायतका ८ खेलहरु सम्पन्न हुने बताइएको छ।
२०२० मा यो स्टेडियममा २०२० एएफसी च्याम्पियन्स लिगको वेस्ट जोनमा खेलहरू आयोजना गर्यो र यहीँ इस्ट जोनको प्रतिस्पर्धा पनि भएको थियो।

लुसेल स्टेडियम
क्षमता: ८० हजार
डिजाइनर: फोस्टर + पार्टनर्स
दोहाबाट दुरी: १६ किमी
८० हजार क्षमताको लुसेल स्टेडियमले कतारको महत्वकांक्षालाई मूर्त रुप दिनेछ। साथै अरब संस्कृतिलाई दुनियाँसँग सेयर गर्ने उसको उत्कट चाहनालाई पनि। यस उत्कृष्ट रंगमञ्चको डिजाइन प्रकाश र छायाँको मिश्रणबाट प्रेरित छ जुन फनार लालटेनको विशेषता दिन्छ। यो स्थान नवनिर्मित, अत्याधुनिक महानगर लुइसको केन्द्रबिन्दु पनि बन्ने छ, जुन त्यहाँका बासिन्दाहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो।
निर्माणको अवस्था : स्टेडियमको कंक्रिट काम, पहिलो चरणको छानो राख्नेलगायतका काम सम्पन्न भएको छ भने अन्तिम चरणको कामहरु चलिरहेको छ। स्टेडियमको फ्याब्रिक राख्ने, स्टीलका संरचना, मेकानिकल प्लम्बिङ र फिनिसिङका काम बाँकी रहेको बताइएको छ।

रस अबु अबुद स्टेडियम
डिजाइनर : फेनविक इरिबेरेन आर्किटेक
दोहाबाट दुरी : १० किमी
रास अबू अबूद स्टेडियम फिफा विश्व कप इतिहासमा पहिलो पूर्ण रूपमा डेमोनेबल र पुनः प्रयोगयोग्य प्रतियोगितास्थल हुनेछ। फेनविक इरिबेरेन आर्किटेकको डिजाइनमा निर्माण भइरहेको यो स्टेडियममा कन्टेनरलगायतका सामाग्रीबाट बनाइँदै छ। रस अबु अबुद स्टेडियमको खास विषय यो हो कि विश्वकप पछि यसलाई हटाइने छ। यो फिफा विश्वकप भएको यस्तो स्टेडियम बन्ने छ जसलाई पुन प्रयोग गरिने छ। विश्वकप पछि यो स्टेडियमलाई खेलकुद या अन्य क्षेत्रमा बेचिने बताइएको छ।
यस स्टेडियममा राउण्ड अफ १६ का सात खेलहरु खेलाइने छ।
निर्माणको अवस्था : यो स्टेडियममा ९९८ कन्टेनरको प्रयोग गरेर बनाइरहेको छ जसमा कन्टेनर ल्याउने र जोड्ने काम सम्पन्न भइसकेको छ।
