PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

स्थगित भयो ग्रामी अवार्ड



पहिलोपोस्ट

स्थगित भयो ग्रामी अवार्ड
GETTY IMAGES

सन् २०२१ को ग्रामी अवार्ड कोरोना भाइरसका कारण स्थगित भएको आयोजकहरुले जनाएका छन्। सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो अवार्ड जनवरी ३१ मा आयोजना हुने तय थियो। स्थगित भएको यो अवार्ड मार्च १४ का लागि सारिएको छ। लस एन्जेल्स तथा क्यालिफोर्निया राज्यमै कोरोना भाइरसका संक्रमितको संख्या लगातार बढिरहेका कारण मार्चका लागि अवार्ड सारिएको हो। 

यस वर्षका लागि गत नोभेम्बरमा भएको नोमिनेसअनुसार अवार्डका लागि बेयोन्से, टेलर स्विफ्ट र दुवा लीपाले सबैभन्दा धेरै लिड गरेका छन्। 
'स्वास्थ्य र सुरक्षाभन्दा ठूलो अरु विषय हुन सक्दैन। सांगीतिक क्षेत्रका समुदाय र कार्यक्रमका लागि अहोरात्र खटिनेहरुको जीवनसँग खेलभाड गर्न सकिन्न,' रेकर्डिङ एकेडेमीले अवार्ड स्थगितबारे जानकारी दिन जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ। 

कमेडिन त्रिभोर नोहाले तोकिएको नयाँ मितिमा कार्यक्रम संचालन गर्न सक्ने या नसक्ने भन्नेबारे चाहिँ प्रस्ट भइसकेको छैन। 

यसअघि अवार्ड अभौतिक रुपमा नै आयोजना हुनसक्ने एएफपीले उल्लेख गरेको थियो। तर त्यसको विस्तृत कुरा सार्वजनिक हुन सकेन। 

कोरोना भाइरसका कारण गत वर्षका ठूला अवार्डहरु अनालाइन मार्फत् नै गरिएका थिए। अमेरिकाको क्यालिफोर्निया राज्य कोरोना संक्रमणका कारण धेरै नै प्रभावित छ। त्यहाँ अस्पतलमा विरामी पुर्‍याउन र बचाउन सकिने अवस्था नहुँदा एम्बुलेन्स चालकहरुलाई विरामी नओसार्न समेत भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell