PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पाकिस्तानमाथि न्युजिल्याण्डको सानदार जित, टेस्ट सिरिजमा क्लिन स्विप



पहिलोपोस्ट

पाकिस्तानमाथि न्युजिल्याण्डको सानदार जित, टेस्ट सिरिजमा क्लिन स्विप

पाकिस्तान क्रिकेट टिमले न्युजिल्याण्ड टुरका क्रममा तीन खेलको टी २० सिरिज र दुई खेलको टेस्ट सिरिज खेलिसकेको छ। जसमा टी २० सिरिजमा न्युजिल्याण्डले २-१ ले जित निकाल्यो भने आज सम्पन्न दोस्रो टेस्टमा जित निकाल्दै टेस्ट सिरिज क्लिन स्वीप गर्‍यो।

न्युजिल्याण्डले पाकिस्तानलाई पहिलो टेस्ट १०१ रनले हराएको थियो। दोस्रो टेस्टको सुरुमा पाकिस्तानले राम्रो गर्ने विश्वास गरिएको थियो। पाकिस्तानले पहिलो पारीमा २९७ रन बनाएको त थियो तर न्युजिल्याण्डको टिमले केनविलियमसनको दोहोरो शतकको सहायतामा ६५९ रन बनायो। दोस्रो पारीमा पाकिस्तान १८६ रनमा समेटिँदा न्युजिल्याण्ड एक पारी र १७६ रनले विजयी भयो।

बलिङतर्फ न्युजिल्याण्डका फास्ट बलर काइल जेमिसनलको योगदान महत्वपूर्ण रह्यो। उनले पहिलो पारीमा ५ बलरलाई पभेलियन फर्कीएका थिए भने दोस्रो पारीमा छ जनाको विकेट लिए। त्यस्तै केनविलियमसनले पहिलो टेस्टमा शतक र दोस्रो टेस्टमा दोहोरो शतक प्रहार गर्दै म्यान अफ दी सिरिज बने।

पाकिस्तानमाथि २-० ले टेस्ट सिरिज जितेसँगै न्युजिल्याण्ड टेस्ट वरीयताको शीर्षस्थानमा पुगेको छ। त्यस्तै केन विलियमसन टेस्टतर्फ ब्याटिङमा शीर्षस्थानमा पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell