PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

कोरोना महामारीबिच भारतमा 'बर्ड फ्लू'



पहिलोपोस्ट

कोरोना महामारीबिच भारतमा 'बर्ड फ्लू'
ANI

भारतमा कोरोना भाइरस संक्रमण तनावबिच बर्ड फ्लू देखिएको छ। त्यहाँको विभिन्न राज्यमा बर्ड फ्लू देखिएको खबर बीबीसीमा उल्लेख छ।

मध्य प्रदेश, राजस्थान, केरल, हरियाणा, हिमाचल प्रदेश र झारखन्डमा चराहरूको अचानक मृत्यु भएपछि बर्ड फ्लूको आशंका गरिएको थियो।

केरल, हिमाचल प्रदेश, राजस्थान र मध्य प्रदेशमा पन्छीको मृत्युको कारण बर्ड फ्लू नै पुष्टि भइसकेको छ। एच फाइभ एन एट बर्ड फ्लूको देखिएको रिपोर्टपछि पशु चिकित्सकहरू हाल परीक्षणका लागि नमूना संकलन गर्दैछन्।

हिमाचल प्रदेशको एनिमल हस्बेन्डरी डिपार्टमेन्टमा भेटेनरी प्याथोलजिस्ट र बर्ड फ्लूको परामर्शदाता डाक्टर विक्रम सिंहका अनुसार त्यहाँको पोङ ड्याम फ्लूको इपिसेन्टर हो। त्यहाँ सोमवार मात्रै २४ सय पन्छी मरे। पोल्ट्रीहरूमा बर्ड फ्लू पुष्टि नभएपनि सतर्क रहन निर्देशन दिइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell