PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

बालाजु बाइपासमा कैंची प्रहार गरी युवकको हत्या, भारततिर भाग्दै गर्दा समातिए अभियुक्त



पहिलोपोस्ट

बालाजु बाइपासमा कैंची प्रहार गरी युवकको हत्या, भारततिर भाग्दै गर्दा समातिए अभियुक्त

काठमाडौं : आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले हत्याको अभियोगमा भारत मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँलाई पक्राउ गरेको हो। मियाँले मंगलवार राति काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपासमा २५ वर्षीय सुवोध शर्माको हत्या गरेका थिए।

'सुवोधले कुरा गर्न भन्दै कलामलाई आफ्नो पसलमा बोलाएका थिए। त्यही क्रममा सुवोधलाई पछाडिबाट कैंचीले प्रहार गरेर हत्या गरेको देखिन्छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले भने।

कैंची प्रहार भएर घाइते भएका शर्मालाई आफन्तले त्रिवि शिक्षण अस्पताल महाजगञ्ज पुर्‍याएका थिए। उनको उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु भएको खबर पाएपछि मियाँ काठमाडौंबाट टाटा सुमो रिजर्भ गरेर वीरगंज हुँदै भारत जाँदै थिए। त्यही क्रममा काठमाडौंको फर्पिङमा आज बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 'उनीहरुको पहिलेदेखि नै रिसइबी रहेछ। त्यही क्रममा हत्या गरेको देखिन्छ,' विष्टले भने।

उनीहरु दुवै जना सिलाई बुनाईको काम गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell