काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले संवैधानिक कू गरेर प्रधानमन्त्रीले स्वेच्छाचारी शैली देखाएको बताएका छन्।
समूहले बानेश्वरमा आयोजना गरेको छलफलमा बोल्दै नेता नेपालले पार्टीको अनुशासन बध गरेका ओलीले संविधानको मर्ममाथि पनि प्रहार गरेको आरोप लगाए। क्षत विक्षत पारेको उनको आरोप छ।
संसद विघटनको कदम एक दिन अचानक घटेको घटना नभई ओलीको कर्यशैलीको उत्कर्ष भएको नेपालले बताए। ‘ओलीजी कस्तो प्रधानमन्त्री? संसद बिघटन पनि गर्ने अनि प्रधानमन्त्री पनि हुँ भन्ने?’ नेपालले प्रश्न गरे।
नेपालले अहिलेको अवस्थामा संकटकाल लगाउन सहज नभएको जिकिर गरे। ‘त्यति सजिलो छैन संकटकाल लगाउन। पुरानो व्यवस्थाको स्थापना गर्ने सपना कसैले नदेखे हुन्छ। हामी तानाबाना बुनिरहेका सुनिरहेका छौ। संविधान क्षत विक्षत पार्ने सोच नराखे हुन्छ,’ उनले भने।
ओलीलाई अहिले नरोके कसैलाई बाँकी नराख्ने चेतावनी माधवले दिए। ‘घरमा झमेला भएको घरै सिध्याए भन्ने कुराले सबैले बिनास हुन्छ। ओलीले कसैलाई पनि बाकि राख्दैन्न। आफ्नो पार्टीलाई मात्र होइन संसदमा ओलीले दिएको जवाफ पनि हामीलाई कसो कसो हुन्थ्यो। तर त्यो भन्न मिलेन। तपाईलाई पनि भएको थियो होला,’ उनले अरु नेताहरुलाई सोधे।
नेता नेपालले गणतन्त्रलाई समाप्त पार्ने खेल स्वीकार्य नहुने चेतावनी दिए। ‘आफ्नो पार्टीमा पनि छलफल चलाउनुस्। जसरी राजतन्त्रका लागि संघर्ष गरेका थियौं त्यसरी नै अघि बढौं,’ अध्यक्ष नेपालले आह्वान गरे।
