PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ओलीले बाह्य शक्तिको मतियार भएर संसद बिघटन गरे, सभामुखले निर्णय उल्ट्याउँदा हुन्छ : बाबुराम भट्टराई



पहिलोपोस्ट

ओलीले बाह्य शक्तिको मतियार भएर संसद बिघटन गरे, सभामुखले निर्णय उल्ट्याउँदा हुन्छ : बाबुराम भट्टराई

काठमाडौं: जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद बोलाएर सभामुखले प्रधानमन्त्रीको निर्णय उल्ट्याउनुपर्ने बताएका छन्।

बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले बाह्य शक्तिको मतियार बनेर प्रधानमन्त्री ओलीले विघटन गरेकाले सभामुखले संसद बैठक बोलाएर निर्णय उल्ट्याउँदा हुने धारणा राखे।

ओली संविधान विरोधी मान्छे भएको उनको टिप्‍पणी छ। ‘अहिले सामान्य अबस्था होइन। कुनै ब्यक्तिको लहडमा हामीले संविधानमा प्रमलाई संसद बिघटन गर्न नपाउने ब्यबस्था गरिएको हो। संविधान विरोधी ओलीले बाहिरी शक्तिको मतियार भएर संसद बिघटन गरेका हुन्, मेरो सूचनाले भन्छ। बाहिरको कमजोरीले होइन हाम्रै कमजोरीले बाहिरि शक्तिले चलखेल गर्न सक्छन्,’ उनले भने।

बाबुरामले ओलीका कारण नेपालको भूराजनीतिक फल्स लाइनमा गएको र आउँदा दिनमा सबैभन्दा ठूलो द्वन्द्वको केन्द्र हुने चेतावनी दिए। ‘विश्वमा जुन ध्रुवीकरण हुन्छ। त्यसमा कसरी सुन्तलन गर्ने?’ उनले प्रश्न गरे।

भट्टराईले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिन नेकपा नेताहरुलाई आग्रह गरे। ‘नेकपाका केही नेताले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएका छन्। त्यसो नगर्नुस मेरो सुझाव छ,’ उनले भने।

नहुने चुनावको पछि नलाग्न कांग्रेसलाई बाबुरामको सुझाव छ। ‘कांग्रेसलाई मेरो सुझाव छ- चुनावमा हामीलाई र कांग्रेसलाई फाइदा हुन्छ। तर लेखेर राख्नुस केपी ओलीले चुनाव गर्दैन्न,’ उनले भने।

बाबुरामले संयुक्त मोर्चा बनाउन नेकपामै समस्या भएको उल्लेख गरे। ‘बीचमै नेकपाले छोडेर जान्छ कि भन्ने शंका छ। ओली राजनीतिक क्यान्सर हुन्। संयुक्त मोर्चा बनाउन नेकपामै समस्या छ। आत्म समीक्षा गरेर हामी अगाडि बढौं,’ उनले भने।

संयुक्त आन्दोलन नभएसम्म संसद फिर्ता नहुने उनको धारणा थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell