PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नियम कानुन नमान्ने शासक धेरै दिन टिक्दैनन्, ट्रम्प त गए भने ओली टिक्ने कुनै संकेत छैन: मीनेन्द्र रिजाल



पहिलोपोस्ट

नियम कानुन नमान्ने शासक धेरै दिन टिक्दैनन्, ट्रम्प त गए भने ओली टिक्ने कुनै संकेत छैन: मीनेन्द्र रिजाल

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नियम कानुन नमान्ने शासक धेरै दिन नटिक्ने बताएका छन्।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बानेश्वरमा नेकपा दाहाल-नेपाल समूहले आयोजना गरेको छलफलमा नेता रिजालले अमेरिकामा डोनाल्ड ट्रम्प त नटिकेको भन्दै ओली टिक्ने कुनै संकेत नै नभएको टिप्पणी गरे।

‘हामी संविधान बनाउनेले नै संविधानको पांग्रा फुस्काउने गर्‍यौ भने संविधान रहन्न। ओलीले एक पांग्रा भत्काउनु भयो,’ उनले भने।

पहिलो संसद विघटन गर्दा बाबुरामलाई नगरौ भन्दा नमानेको स्मरण गर्दै रिजालले भने, ‘त्यतिबेला बाबुरामले मै गर्छु चुनाव भन्नु भो, खिलराज नआउदासम्म। पछि के भयो हामी सबै जानकार छौं।’

रिजालले संसद विघटन अहिलेको समयमा जति ठूलो चुनौती छ त्यति नै अबसर पनि भएको बताए। ‘केपी ओली मात्रै होइन एउटा प्रवृति नै अन्त्य गर्ने अवसर आएको छ,’ उनले भने।

कांग्रेसले पहिल्यैदेखि सभामुख र उपसभामुख एउटै पार्टीको राख्नु हुन्न भनेर तर सुनुवाइ नभएको गुनासो गर्दै रिजालले शक्ति सन्तुलन नहुँदा अहिलेको परिस्थिति निम्तिएको उल्‍लेख गरे।

रिजालले आफूहरु अदालतविरुद्ध नबोल्ने पनि स्पष्ट पारे। ‘अदालतलाई हेर्ने फरक तरिका होला। ज्ञानेन्द्रले हाम्रो सभापतिलाई जेल हाल्दा पनि हामीले अदालत पर्खेका थियौं। केपी ओलीलाई त फाल्छौ फाल्छौ,’ उनले भने, ‘हामीले अगाडि बढ्दा आलोचना बिचार गरेर गरौं। संविधानमा बस्दासम्म संविधानको बाटोमा हिड्ने हो। अदालतका बिपरीत कुरा गर्न चाहान्नौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell