PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

विद्यालय पुनर्निर्माणका लागि भारतको सहयोग



पहिलोपोस्ट

विद्यालय पुनर्निर्माणका लागि भारतको सहयोग

काठमाडौं : नेपाल स्थित भारतीय दूतवासले भूकम्पले क्षतिग्रस्त विद्यालय निर्माणका लागि ३० करोड रुपैयाँ उपलब्ध गराएको छ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई भारतीय दूतावासका डेपुटी चिफले चेक हस्तान्तरण गरेकी हुन्। भारतले २०७२ सालको भूकम्पमा परी भत्किएका विद्यालय पुनर्निर्माणका लागि ५० मिलियन डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो।

आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि उक्त रहक भारतले उपलब्ध गराउने प्रतिवद्धता जनाएको भारतीय दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell