PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सुदूरपश्चिमका अर्थमन्त्री बोहरा राजीनामा बुझाएर लागे ओली समूह तर्फ



एम बम

सुदूरपश्चिमका अर्थमन्त्री बोहरा राजीनामा बुझाएर लागे ओली समूह तर्फ

कैलाली : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्।

बोहराले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाएर आफू ओली समूहमा रहेको घोषणा गरेका छन्। बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’बाट निर्वाचित भएका थिए।

उनी पूर्व माओवादीका तर्फबाट निर्वाचित भएका थिए।

बोहरा ओली समूहमा लागेपछि सुदूरपश्चिम प्रदेश सभाको सो समूहमा ७ जना प्रदेश सभा सदस्य पुगेका छन्। प्रचण्ड नेपाल पक्षमा भने ३० जना छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell