PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सलमान खानले किन बेचे फिल्म 'राधे?'



पहिलोपोस्ट

सलमान खानले किन बेचे फिल्म 'राधे?'

बलिउड स्टार सलमान खानले आफ्नो फिल्म 'राधे' जी स्टुडियोजलाई बेचेका छन्। आउँदो एक्सन थ्रिलर २ सय ३० करोडमा बेचेका हुन्। अब फिल्म प्रदर्शनदेखि स्याटलाइट र गीत/संगीतको सर्वाधिकार जी स्टुडियोजको हुनेछ।

यसअघि फिल्मको प्रदर्शन अधिकार यशराज फिल्म्स, डिजिटल अधिकार एमाजन प्राइम र टी-सिरिजलाई गीत/संगीतको अधिकार दिइने खबर सार्वजनिक थियो। किन बेचे त सलमानले जी स्टुडियोजलाई राधे?

यशराज फिल्म्सले फिल्मको अन्तर्राष्ट्रिय वितरण कमिसनको आधारमा गर्ने बतायो। त्यसको अर्थ, सलमान खान फिल्म्सको कमाइ हरेक सिनेमाघरमा भएको व्यापारले निर्धारण गर्छ। कोभिड-१९ महामारीका कारण तत्काल सिनेमा घरमा दर्शक फर्कन तयार छैनन्। त्यसैले सलमानले व्यवसायीक जोखिम मोल्न नचाहेको बलिउड हंगामाले जनाएको छ।

त्यस्तै फिल्मका अन्य अधिकार पनि जी स्टुडियोजलाई नै दिँदा व्यवसायिक निर्णयमा धेरै जना संलग्न हुन नपर्ने भएकाले सर्वाधिकार बेचेको जनाइएको छ।

 निर्णय सलमान र यशराज फिल्म्सका आदित्य चोपडा दुवै मिलेर लिएको जनाइएको छ। जति रकममा फिल्म बेचिएको छ त्यसले सलमानलाई एक सय करोड नाफा गराएको समेत उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell