PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुर्खेतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक जनाको मृत्यु



पी बी खड्का

सुर्खेतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक जनाको मृत्यु

सुर्खेत : सुर्खेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

खोकी, सास फेर्न कठिनाई र पिसाब कम आउने समस्यासहित पुस ७ गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको उपचारका क्रममा बुधवार दिउँसो मृत्यु भएको हो। पुस ९ गते अस्पतालमा उपचारत उनको १२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि पछि अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसन आकस्मिक उपचार कक्ष आइसीयूमा भर्ना गरेर उपचार गरेपनि स्वास्थ्य अवस्था भने सुधार नभएको अस्पतालले जनाएको छ। उनले दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोगको पुरानो समस्या भई औषधि सेवन गरिरहेका थिए।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा शव व्यवस्थापनको काम भइरहेको छ। उनीसहित कर्णालीमा परीक्षण गरी संक्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको संख्या २८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell