PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

भारतमा पक्राउ परेका ५ कमेडियनको जमानत अस्वीकृत



पहिलोपोस्ट

भारतमा पक्राउ परेका ५ कमेडियनको जमानत अस्वीकृत

इन्दौर प्रहरीले हिन्दु देवी-देउताको अपमान गरेको आरोपमा पक्राउ परेका पाँच जना कमेडियनलाई जमानत दिन अदालतले अस्वीकार गरेको छ। उनीहरू एक साता अघि पक्राउ परेका थिए।

उनीहरूविरुद्ध हिन्दुवादी नेता भारतीय जनता पार्टीका सांसद एकलव्य लक्ष्मण सिंहको उजुरीपछि उनीहरूलाई पक्राउ परेका हुन्।

दुवै पक्षको वहस पछि मध्य प्रदेश, इन्दौर जिल्ला अदालतका न्यायाधिश यतिन्द्रकुमार गुरुले जमानत याचिका अस्वीकार गरेका हुन्

गत जनवरी २ तारिखमा अदालतले कमेडियन नलिन यादवसहित ३ जनाको जमानत याचिका अस्वीकार गरेको थियो।

जनवरी १ मा इन्दौरको एक क्याफेमा आयोजित शोमा कमेडियन मुनव्वर फारूकीसहित एडविनसहित एन्थनी, प्रखर व्यास, प्रियम व्यास र नलिन यादवले हिन्दु धर्मविरुद्ध प्रहसन दिएको आरोप थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell