PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

गैँडा तस्करीमा संलग्न एक जना १५ वर्षपछि पक्राउ



रासस

गैँडा तस्करीमा संलग्न एक जना १५ वर्षपछि पक्राउ

चितवन : निकुञ्ज प्रशासनले गैँडा तस्करीमा संलग्न एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा माडी नगरपालिका-५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन्।

विसं २०६२ असारमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध असोज १२ गते मुद्दा दायर गरिएको थियो। उनको मुद्दा विसं २०६४ पुस २० गते फैसला भई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिबाना तोकिएको थियो। फरार रहेका अवस्थामा माडीको पिपरियाबाट उनलाई पक्राउ गरिएको हो।

उनी विस २०६२ सालमा निकुञ्जको भित्री इलाका भालुटापुमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दावी गरेको छ। उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ।

महतो पक्राउ पर्नुलाई निकुञ्ज अधिकारीले ठूलो सफलताका रुपमा लिएका छन्। पछिल्लो समय निकुञ्जमा चोरी शिकारी बढेको छ। साउनयता तस्करले मारेका चार गैँडा फेला परेपछि निकुञ्जमा निगरानी बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell