PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बार्सिलोनाको जित, मेस्सीको दुई गोल



पहिलोपोस्ट

बार्सिलोनाको जित, मेस्सीको दुई गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओमाथि जित निकालेको छ। सान ममेस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-२ गोल अन्तरले जित निकालेको हो।

रोमाञ्चक खेलको तेस्रो मिनेटमै इनकी विलियम्सको गोलमा बिल्बाओले अग्रता बनाएको थियो। तर १४ औं मिनेटमा बार्सिलोनाका लागि पेड्रो गोञ्जालेजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ३८ औं मिनेटमा गोञ्जालेजकै पासमा लियोनल मेस्सीले गोल थप्दा पहिलो हाफमा बार्सिलोना २-१ गोल अन्तरले अघि रह्यो।

दोस्रो हाफमा बार्सिलोनाका लागि मेस्सीले फेरि अर्को गोल गरे। उनले खेलको ६२ औं मिनेटमा एन्टोनी ग्रिजमनको पासमा गोल गरे। उता घरेलु टोलीका लागि ९० औं मिनेटमा इकेर मुनिऐनले गोल गरे पनि बिल्बाओ खेलमा फर्कन सकेन। र, खेल बार्सिलोनाले ३-२ ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै १७ खेलबाट ३१ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। तालिकाको शीर्ष स्थानमा एट्लेटिको मड्रिडले १५ खेलबाट ३८ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडले १७ खेलबाट ३६ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell