PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

म्यानचेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा

इएफएल कारबाओ कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीले जित निकालेको छ। गएरातिको सेमिफाइनल खेलमा युनाइटेडलाई २-० गोलअन्तरले हराउँदै सिटी फाइनल प्रवेश गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीले खेलको ५० औं मिनेटमा अग्रता बनाएको थियो। सिटीलाई अग्रता जोन स्टोनेसले दिलाएका थिए भने फेरनान्डिन्होले ८३ औं मिनेटमा सिटीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए।

जितसँगै सिटी फाइनल प्रवेश गरेको छ। फाइनलमा सिटीले टोटेनहम हट्सपरको सामना गर्नेछ। फाइनलमा जितेको खण्डमा सिटीले लगातार चौथो वर्ष इएफएल कारबाओ कपको उपाधि जित्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell