PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

ठाकुरराम क्याम्पसका प्रमुख कुशवाहाको निधन



राधेश्याम पटेल

ठाकुरराम क्याम्पसका प्रमुख कुशवाहाको निधन

वीरगंज : मोफसलको सबैभन्दा पूरानो क्याम्पसको रुपमा स्थापित ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका क्याम्पस प्रमुख राजदेव कुशवाहाको निधन भएको छ। काठमाडौंको नर्भिक हस्पिटलमा उपचारको क्रममागएराति ११ बजे उनको निधन भएको परिवारजनले जनाएका छन्। पछिल्लो ३ महिनाभन्दा समयदेखि जन्डिस रोगको चपेटामा परेका त्रिभुवन विश्वविद्यालयका सह–प्रध्यापकसमेत रहेका कुशवाहाको स्वास्थ्य अवस्थमा सुधार नहुदाँ उनको निधन भएको हो।

५१ वर्षीय कुशवाहा वीरगंजमा गणित विषयका चर्चित प्रध्यापकमध्ये एक थिए। २१ वर्षको प्रध्यापनको अनुभव संगालेका वीरगंज महानगर वडा नं २७ उदयपुरघुर्मीको कोहडी टोलका स्थायी बासिन्दा उनी हाल वीरगंज १० श्रीपुरमा बस्दै आएका थिए। वीरगंजमा कोरोना महामारी तिव्र भएकै बेला ५ महिनाअघि उनले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका थिए। जन्डिसको सिकार भए तापनि क्याम्पसको विभिन्न बैठक तथा अन्य  जिम्मेवारी वहन गर्दै सिकिस्त परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell