PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

धनगढीमा ओलीको उपस्थितिमा सत्तारुढ नेकपाको शक्तिप्रदर्शन हुने : मोटरसाइकलमै तीन जना बोक्न उर्दी, भीम रावललाई पदबाट हटाउन सिफारिस



एम बम

धनगढीमा ओलीको उपस्थितिमा सत्तारुढ नेकपाको शक्तिप्रदर्शन हुने : मोटरसाइकलमै तीन जना बोक्न उर्दी, भीम रावललाई पदबाट हटाउन सिफारिस

कैलाली : गत शुक्रवार पार्टीका सुदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले उपस्थितमा कैलालीको धनगढीमा प्रदेश कमिटीको चौथो बैठक भनेर प्रचण्ड-माधव गुटको भेला सम्पन्न भयो। उक्त भेलाको पहिलो निर्णय थियो पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालाई पदबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस।

त्यसको ५ दिनपछि पदबाट हटाउन सिफारिस गरिएका थापाले पार्टीको प्रदेश अध्यक्ष अफू भन्दै आफ्नो उपस्थिति बिना डाकिएको बैठकलाई अवैधानिकको संज्ञा दिएर फेरि प्रदेश कमिटीको चौथो बैठकनै नामकरण गरी अफ्नो गुटको भेला डाके। बुधवार विभिन्न निर्णय गर्दै उक्त ओली गुटको भेला सम्पन्न भएको छ। भेलाको पहिलो निर्णय २४ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने गरी धनगढीमा ५० हजार जनता उतार्ने छ। त्यस्तै अर्को निर्णय भने भीम रावललाई काउन्टर स्वरूप पदबाट हटाउन सिफारिस गर्ने छ।

बुधवार सम्पन्न बैठकले इन्चार्ज रावलसहित प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई समेत कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो। रावलमाथि खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाइएको छ।

प्रचण्ड–माधव पक्षको प्रदेश कमिटी बैठकले नेकपाका जिल्ला अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गर्ने निर्णय गरेको थियो।

२४ गते प्रधानमन्त्रीको उपस्थितिमा आयोजना हुने जन सभामा जनता ल्याउन साढे तीन सय बस परिचालन गर्न र आफूसँग मोटरसाइकल भएका नेता कार्यकर्तालाई तीन जना बोकेर ल्याउन थापाले बुधबारको बैठकबाट सबैलाई निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell