PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

सेवाग्राहीसँग घुस लिएको भन्दै प्रहरी निरीक्षक शर्मा निलम्बित



पहिलोपोस्ट

सेवाग्राहीसँग घुस लिएको भन्दै प्रहरी निरीक्षक शर्मा निलम्बित

काठमाडौं : महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा निलम्बनमा परेका छन्।

सेवाग्रहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो। मुद्दा शाखामा कार्यरत निरीक्षक शर्माले सेवाग्रहीको काम गर्न भन्दै १५ हजार रुपैयाँ लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी आशोक सिंहले जानकारी दिए।

कलंकीमा भएको एउटा सवारी दुर्घटनामा उनले रकम मागेका थिए। घटनाको अनुसन्धान भइसकेपछि पनि उनले मुद्दा बुझाउन आलटाल गरेर घुस लिएको उनीमाथि आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell