PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रधानमन्त्रीलाई कटाक्ष : ‘श्रीमतीसँग झगडा भयो भन्दैमा घर जलाइदिने?’



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई कटाक्ष : ‘श्रीमतीसँग झगडा भयो भन्दैमा घर जलाइदिने?’

काठमाडौं: जनता समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले संसद विघटनको कदमबाट फिर्ता हुन सरकारलाई आग्रह गरेका छन्।

राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै यादवले आफ्नो पार्टीभित्रको झगडाका लागि देशलाई भड्खालोमा नहाल्न सुझाव दिए।

‘बहुमत ल्याएर आफू सरकार चलाउन नसक्ने, कोभिडले अर्थतन्त्र नाजुक भएका बेला आर्थिक थोपर्ने नेपाली जनतामाथि? आफ्नो पार्टीको झगडा संसदीय दलमा गर्नुपर्थ्यो। विश्वासको मत लिनुपर्थ्यो। अनि हुन्थ्यो बहादुरी,’ उनले भने।

पार्टी झगडामा संसद विघटन गर्नु घरझगडामा घर जलाउनुजस्तै भएको उनको टिप्पणी छ। ‘आफ्नो घरमा श्रीमतीसँग झगडा भयो, बुवासँग झगडा भयो भने घरमा आगो लगाइदिने? अहिले त घरमा आगो लगाउनेजस्तो काम भयो। घेराबन्दीमा पारियो भन्या छ। कसले पार्‍यो घेराबन्दी? प्रतिनिधिसभा र राष्ट्रियसभाले कहाँ घेराबन्दी गर्‍यो?’ उनले भने।

यादवले यो घोर असंवैधानिक कदम भएको बताउँदै थपे, ‘फिर्ता हुन मिल्छ भने अझै पनि सरकार फर्किओस्.’

यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले गुटबन्दी गरेको भन्दै असन्तुष्टि जनाए। विघटनका विषयमा अदालतले सहि निर्णय लिने उनको विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell