PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु



पी बी खड्का

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु
तस्विरहरु : मोटे ग्याङ नेपाल

सुर्खेत : छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत पर्ने सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गरालेस्थित भेरी नदीमा बस खसेको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बस पानीमा डुबेका कारण कति यात्रु थिए भन्ने यकिन भैसकेको छैन। अहिलेसम्म बस नम्बर समेत खुल्न सकेको छैन।

बस नदीमा खसे लगत्तै इलाका प्रहरी कार्यालय छिन्चु र मालारानीबाट प्रहरीको टोलीले उद्धार गरिरहेको छ। प्रहरीका अनुसार थप विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell