PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१ हजार ९ सय पार भयो कोभिड-१९ बाट मृत्यु हुनेको संख्या



पहिलोपोस्ट

१ हजार ९ सय पार भयो कोभिड-१९ बाट मृत्यु हुनेको संख्या

काठमाडौं : नेपालमा थप ४ सय १२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पाँच हजार १ सय ३२ जनाको नमुना परीक्षणका क्रममा १ सय ८२ महिला र २ सय ३० पुरुषमा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६३ हजार ६ सय ५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। हालसम्म नेपालमा एक हजार ९ सय ३ जना संक्रमितको मृत्यु भइसकेको छ।

हालसम्म संक्रमण पुष्टि भएका मध्ये ९७.४ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ४ सय ८३ संक्रमित संक्रमण मुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ५६ हजार ६ सय ४४ पुगेको छ। हाल नेपालमा ५ हजानर ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell