PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

डिआईजीमा बढुवा भएका ९ जनाले लगाए फूली



पहिलोपोस्ट

डिआईजीमा बढुवा भएका ९ जनाले लगाए फूली

काठमाडौं : नेपाल प्रहरीमा एसएसपीबाट डिआईजीमा बढुवा भएका ९ जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाएका छन्।

आईजीपी शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच ९ जना डिआईजीलाई फूली लगाइदिएका हुन्।

गृह मन्त्रालयले बुधवार मन्त्रीस्तरको निर्णयबाट बढुवा सिफारिस भएका एसएसपीहरु गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्यलाई डिआईजीमा बढुवा गरेको थियो।

बढुवा भएका ९ जना अधिकृतलाई आज फूली लगाइएको हो। समारोहमा बोल्दै आईजीपी थापा क्षेत्रीले पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए।

पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै डिआईजी पुरुषोत्तम कंडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell