PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बानेश्वरमा पनि जल्यो प्रधानमन्त्री ओलीको पुतला

बानेश्वरमा पनि जल्यो प्रधानमन्त्री ओलीको पुतला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज बानेश्वरमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा अखिलले मिन भवन अगाडि नेपाल कमर्स क्याम्पस नजिक प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। उनीहरुले प्रधानमन्त्रीको कदमको चर्को आलोचना गर्दै नारावाजी गरेका थिए।

अखिलले आज रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि पनि मसाल जुलुस निकाल्नुका साथै प्रधानमन्त्री ओलीको पुतला दहन गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell