PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रचण्ड-नेपाल समूहले वीरगंजमा जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला



पहिलोपोस्ट

प्रचण्ड-नेपाल समूहले वीरगंजमा जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

वीरगंज : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट विद्यार्थी संगठन र युवा संगठनले पर्सामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। वीरगंजको माइस्थानमा राष्ट्रपति भण्डारी र ओलीको पुतला दहन गरिएको हो।

अनेरास्ववियु पर्साका संयोजक रामबाबु साहको नेतृत्वमा विद्यार्थीहरूले माइस्थानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी गर्दै पुतला दहन गरेका थिए। प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको र राष्ट्रपति भण्डारीले त्यसमा साथ दिएकोले विरोध स्वरूप पुतला जलाइएको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभाकर गुप्ताले बाताए।

सो क्रममा पूर्व विद्यार्थी नेता मनोज चौधरीले विद्या भण्डारी र केपी ओली श्री ६ महाराज बन्न खोजेको बताए। केन्द्रीय कार्यक्रम अनुसार नै आज पुतला दहन गरिएको अर्का केन्द्रीय सदस्य शिवम् साहले बताए।

कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य अरूण यादव, युवा नेता अरविन्द सिंह, अनेरास्ववियुका केन्द्रीय सदस्य जुबैर आलम, ठाकुराम ईकाई संयोजक संदीप विक्रम साह, अजित साह लगायतका युवा विद्यार्थीहरूको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell