PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित



एम बम

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी उड्ने पूर्व निर्धारित कार्यतालिका बाक्लो हुस्सुका कारण प्रभावित भएको हो।

श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र शाहीका अनुसार पूर्व निर्धारित समयमा उडान हुन सकेको छैन। सम्भवत मौसममा सुधार आए १० बजेसम्म उडान हुने उनले बताए।  

यता प्रधानमन्त्री धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। धनगढीका चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकबाट तय गरिएको सुरक्षा रणनीति अनुसार जिल्लाभर सुरक्षा कडा पारिएको छ। धनगढी विमानस्थलमा भने सेना परिचालन गरिएको छ।

नेकपा ओली गुटको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री धनगढी आउन लागेका हुन्। धनगढीको खुला मञ्चमा आयोजना हुने जनसभा ५० हजारको उपस्थिति गराउने ओली गुटको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell